
हेटौंडा । हेटौंडाको राप्ती खोलामा शव फेला परेको छ। हेटौंडा १९ नेवारपानी स्थित राप्ती खोलामा महिलाको शव फेला परेको हो । उक्त शव रामेछाप सुनापति गांउपालिका १ घर भएकी ६० बर्षीया रत्नमायाँ गौतमको भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले जनाएका छन। रामेछाप घर भएकी गौतम केही दिनदेखी हेटौंडा ६ आफ्नो माईतिमा बस्दैं आएकि थिईन ।


सेयर गर्नुहोस्