सप्तकोशीमा रातो बत्ती बालियो, ३१ ढोका खुला

हेटौंडा टुडे
२०७८ भाद्र ११, शुक्रबार १७:०३ गते

हेटौंडा ।  लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव उच्च भएसँगै सप्तकोशी आसपासका स्थानीयलाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

शुक्रबार दिउँसो सप्तकोशीमा पानीको बहाव प्रतिसेकेण्ड २ लाख २९ हजार ५ सय १५ क्युसेक मापन गरिएको सशस्त्र प्रहरी बल ४ गण सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिनुभयो । पानीको बहाव बढेसँगै कोसी ब्यारेजका ५६ मध्य ३१ वटा ढोका खोलिएको छ ।

पानीको बहाव उच्च भएकाले कोसी आसापासका वासिन्दालाई सर्तक र सुरक्षित रहने निर्देशन गरिसकेको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिनुभयो । पानीको बहाव उच्च भएपश्चात भारतले कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*