यस्तो छ आज सनिबारको मौसम

हेटौंडा टुडे
२०७८ भाद्र १२, शनिबार ०८:२६ गते

हेटौँडा । आज देशका बिभिन्न स्थानमा मेघगर्जन सहित मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुनी वायुको प्रभाव रहेकोले वर्षा भइरहेको हो ।

दिउँसो देशको बिभिन्न भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, गण्डकी, कर्णाली , सुदूरपश्चिम र बाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ साथै बाग्मती प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । वर्षा भइरहेका स्थानमा भू-क्षय, पहिरोको जोखिम तथा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाल अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*