हेटौंडा । भिमफेदी गाउँपालिका वडा नम्बर ८ कोगटे खोलामा पौडी खेल्न क्रममा एक युवा चिप्लिएर मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर घर भएका १९ बर्षीय सबित बडाल रहेको मकवानपुर प्रहरिले जनाएको छ ।
आज शनिबार भीमफेदी ८ मा रहेको कोगटे खोलामा पौडी पोखरी संगैको ढुङ्गामा बसेका बडाल ढुङ्गाबाट चिप्लिएर दिउसो पोखरीमा बेपत्ता भएका थिए । उनको बेपत्ता भएको स्थान भन्दा १०० मिटर तल शव भेटिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन।
ललितपुरबाट साथीहरूसँग मिलेर पौडी खेल्न आएका बडाल पौडि खेल्ने क्रममा ढुङ्गामा चिप्लिएर बेपत्ता भएका थिए। बेपत्ता पछि प्रहरी, स्थानीयले खोजी गरेपछि उनको शव भेटिएको थियो ।
सेयर गर्नुहोस्






















