उपचारका लागि भारत गएका झलनाथ खनाल नेपाल फर्कंदै

टुडे संवादाता
१३ भाद्र २०७८, आईतवार १२:१४

काठमाडौं । भारतमा उपचार गराईरहेका पूर्वप्रधानमन्त्री एवं नवगठित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल सोमबार नेपाल फर्किने भएका छन् । मृगौलामा समस्या देखिएपछि गत असार २ गते उपचारका लागि नेता झलनाथ खनाल भारत गएका थिए । झन्डै साढे २ महिनाको भारत बसाई पछि सोमबार दिउँसो काठमाडौं आइपुग्ने बताईएको छ ।

एमाले विभाजनको अवस्थामा पुगेपछि खनाल नेपाल पक्षमा लागेका हुन् । उनले नयाँ दिल्लीबाटै नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा राजदूतावासमार्फत् सनाखत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*