हेटौँडा/ हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । जसका कारण आज (मंगलबार) देशभरको मौसममा बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मात्र हल्का देखि मध्यम पानी परिरहेको छ।
दिउँसोः देशभर सामान्य बदली रही सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
सेयर गर्नुहोस्

















