हेटौंडामा ९५ प्रहरी जवान भए दीक्षित

हेटौंडा टुडे
१५ भाद्र २०७८, मंगलवार ११:५३

दश महिने आधारभूत तालिम पश्चात हेटौंडामा ९५ प्रहरी जवान मंगलबार दीक्षित भई सपथ लिएका छन् । बागमती प्रदेश सशस्त्र प्रहरी गण रातोमाटे र दंगा प्रहरी नियन्त्रण गणका प्रहरी जवान आधारभूत तालिम ६ व्याजको २०१ औं समूहको संयुक्त दिक्षान्त समारोह गरि उनीहरुलाई दीक्षित भएको भन्दै प्रहरी वरिष्ठ उपरिक्षक श्यामलाल ज्ञवालीको उपस्थितीमा सपथ खुवाइएको थियो । एसएसपी ज्ञवालीले सबै जवानलाई बधाई दिदैं कठिन तालिम पश्चात सफल भई अब देशप्रति त्याग, बलिदान गर्नको शान्ति सुरक्षा र अमनचयन कायम गर्न सबैलाई निर्देशन दिनुभएको थियो । निष्पक्ष भई संविधान विपरित काम गर्न आग्रह गर्दै देशका हरेक नागरिकको शान्ति सुरक्षा दिनु हाम्रो कर्तव्य रहेको बताउनुभयो । ३९ जना महिला सहित ९८ जनाको आधारभूत तालिम प्रदान गरिएकोमा तीन जना बीचमा भागेको र ९५ जना दीक्षित भएको तालिम संयोजक प्रहरी निरिक्षक मेघराज चौरसियाले बताउनुभयो । दिक्षान्त समारोहमा तालिमको समयमा उत्कृष्टता प्रदर्शन गर्ने जवानहरुलाई पुरस्कृत गरिएको थियो । दंगा प्रहरीतर्फ निर्मला तामाङ, विज्ञान राई, गतेन्द्र राई, नेली चुवान, आश्विन गुरुङ, विज्ञान राई, ईश्वर खड्का, श्यामकुमार राई र सशस्त्रतर्फ करणकुमार मण्डल, तोडिन्द्र देवान, कृष्ण यादव, अपन सनाम, निकेश देशार, सुन्दर सिंह पेला, करणकुमार मण्डल, सुजन लिम्बुलाई पुरस्कार वितरण गरिएको थियो ।

 

कार्यक्रममा सुपारेटार व्यारेकका प्रमुख सेनानी राजेश थापा, दंगा प्रहरी नियन्त्रण बागमती प्रदेशका प्रहरी उपरिक्षक चन्द्रदेव राई, सशस्त्र प्रहरी गण रातोमाटेका प्रहरी उपरिक्षक केदार खनाल, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिं राठौंर, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायत विभिन्न तहका प्रहरी अधिकृतहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*