मगंलबार मकवानपुरमा ४४ जनामा कोरोना पुष्टि, २५ जना कोरोना मुक्त

हेटौँडा/ साताको तेस्रो दिन मगंलबार मकवानपुरमा ४४ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ७६ जनाको पिसिआर बिधिबाट र ५६ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गरिएकोमा पिसिआरबाट ३७ र एन्टिजेनबाट गरी जम्मा ७ जनामा गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा २५ जना कोरोना मुक्त भएका छन।