बागमतीमा १८ लाखभन्दा बढीले लगाए कोरोनाविरुद्धको दोस्रो डोज खोज

हेटौंडा टुडे
२०७८ भाद्र १६, बुधबार १२:०८ गते

बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको दोस्रो डोज खोज लगाउनेको संख्या १८ लाखभन्दा बढी पुगेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशमा मंगलबारसम्म १८ लाख ५३ हजार ९ जनाले कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाएको जनाएको छ । मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईका अनुसार, प्रदेशमा १८ वर्ष भन्दा माथीका ३१ प्रतिशत नागरिकले दोस्रो डोज खोप लगाएका छन् । प्रदेशमा हालसम्म कोभिल्डशिल्ड खोपको दोस्रो डोज ३ लाख ४० हजार ६ सय ७७ जना, भेरोसियल खोपको दोस्रो डोज ११ लाख २१ हजार १ सय २३ जना र जोन्सन एण्ड जोन्सन खोप ३ लाख ४३ हजार ५ सय ९ जनाले लगाएको प्रवक्ता डा. सेढाईले बताए ।

यस्तै, प्रदेशमा ५ लाख ९९ हजार ३ सय ९ जना नागरिक कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएर दोस्रो डोज खोप लगाउन बाँकी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*