
हेटौँडा/ नेकपा माओवादी केन्द्र भीमफेदी गाउँपालिका ३ झल्कनेमा पार्टी वडा भेला भएको छ । पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा वडा भेला भएको हो । भेलाबाट अध्यक्षमा अजुर्न सिहंसहित २९ सदस्यीय कार्य समिति चयन भएको नेकपा माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिहं पाख्रिनले जानकारी दिए ।वडा सचिवमा सानोकान्छा मगर, सदस्यहरुमा नागेन्द्र लामा, नानुमाया सुनार, दिपक थिङग, पुजा आले, सजिंव गोङवा, कृष्णमाया तामाङग, मास्टर कालिकोटे, आइमान स्याङतान लगायत रहेका छन ।

सेयर गर्नुहोस्