हेटौँडा/ मकवानपुर/ उद्योग वाणिज्य संघ मउवासंघ ले हेटौंडा उपमहानगरपालिकालाई २५ मिटरको विषयमा भ्रम सिर्जना नगर्न आग्रह गरेको छ । आज मउवासंघमा पत्रकार सम्मेलन गर्दै संघका अध्यक्ष एवं हेटौंडा बसोबास संरक्षण मुल समितिका संयोजक समेत रहेका कृष्ण कटुवालले हेटौंडा उपमहानगरपालिकाले २५ मिटरको विषयमा आफ्नो धारण सार्वजनिक गरेर हेटौंडाबासीमा भ्रम सिर्जना गरेको बताएका छन् । अध्यक्ष कटुवालले सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा रहेको २५ मिटरको विषयमा हेटौंडा उपमहानगरपालिकाले पत्रकार सम्मेलन गरेर जनस्तरमा भ्रम सिजर्ना गरेको बताए । उनले कोभिड १९ को चपेटामा परेको समयमा उपमहानगरपालिले २५ मिटर भत्काउने धारणा सार्वजनिक भएसंगै बजार क्षेत्रका घरधनी तथा व्यवसायीहरुमा त्रास पैदा भएको बताए । उनले भनेः हामी सर्वोच्चको आदेश मान्न छौ,२५ मिटर भत्काउने विषयमा सर्वोच्चमा विचारधिन मुद्दामा रहेको अवस्थामा उपमहानगरपालिकाले व्यवसायीहरुमा भ्रम सिर्जना गर्यो ।
हामीहरुले आजको उपमहानगरमा सम्पत्ति कर बुझाईरहेका छौ,अध्यक्ष कटुवालले भनेः सरकारले उचित मुअब्जा दिएको अवस्थामा घरहरु भत्काउन दिन्छौ । सर्वोच्चले फैसला गर्नु पर्यो । अध्यक्ष कटुवालले हेटौंडा उपमहानगरपालिकामा २५ मिटर भित्र पर्ने १ हजार ७ सय ७४ घरधुरीलाई घर भत्कने डरले बैंकले ऋण नदिने गरेको,घरजग्गा किनबेच हुने नगरेको,उक्त क्षेत्रमा भएको व्यवसायहरु धरापमा परेको समेत बताए । यसअघि भदौ ९ गते हेटौंडा उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै २५ मिटरको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको थियो । महानगरपालिकाका मेयर हरिबहादुर महतले सडक फराकिलो पार्ने काममा अबरोध नगर्नको लागि नगरवासीलाई अनुरोध गरे । मेयर महतले सडक क्षेत्रमा बनाईएको घर टहरा भत्काएर सडक फराकिलो पार्नुपर्नेमा जोड दिए । उनले भनेः ‘यस क्षेत्रमा घर बनाउने हरुले नक्सा पास गर्ने समयमै सरकार या उपमहानगरपालिकाले चाहेको खण्डमा २५ मिटर क्षेत्रमा निर्माण गरिएको घर–टहरा हटाउने कागज गरेका छन, अहिले आएर भत्काउन दिन्न भन्न पाईदैन् ।’
हेटौंडा बाहेकका अन्य सहरमा सडक फराकिलो पार्ने काम धमाधम भैरहेको भन्दै उनले हेटौंडामात्र पछि परेको बताए । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले २५ मिटर सडक विस्तारको लागि केन्द्रीय सरकारलाई पटक–पटक आग्रह गरेको भएपनि सुनुवाई नभएको समेत उनले बताए । २५ मिटर क्षेत्रका घरधनीले दिएको निबेदनलाई समेत अदालतले खारेज गरेको अवस्थामा २५ मिटर सडक फराकिलो बनाउने अभियान नहुनु दुःखद विषय भएको भन्दै उनले यसबारे संघिय सरकारको ध्यानाकर्षण हुनुपर्ने बताएका थिए । उनले भनेः ‘हेटौंडा बजारको मुख्य सडक, सडक ऐन २०३१ अनुसार ५० मि सडक चौडा हुंदा यस ठाउको आर्थिक समृद्धिको ढोका खुल्नुका साथै अर्थतन्त्रमा समेत सकारात्मक परिवर्तन देख्न सकिन्छ । सरकारले सडक सीमा मिचेर निर्माण गरेको घर टहराहरुको संरचना भत्काउन शुरु गरेमा हेटौंडा उपमहानगरपालिकाले बजार र सडक आसपासको क्षेत्रहरुको सरसफाई र सुन्दरताको लागि नगरबासीहरुसंग समन्वय गरेर काम गर्ने प्रतिवद्धता पुनः जनाउदछ ।’






















