हेटौँडा/ मकवानपुरमा बुधबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मकवानपुरमा पछिल्लो २४ घण्टामा ८७ जनाको पिसिआर बिधिबाट र ७१ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गरिएकोमा पिसिआरबाट २३ र एन्टिजेनबाट गरी जम्मा ७ जनामा गरी ३० जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ५२ जना कोरोना मुक्त भएका छन।

सेयर गर्नुहोस्






















