
हेटौँडा/ मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ५२ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार संक्रमणमुक्त हुनेमा सबैन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ४० जना संक्रमणमुक्त भएका हुन् । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार ३ सय १९ जना पुगेको छ ।
यसैगरी, संक्रमणमुक्त हुनेहरुमा थाहानगरापालिकाका ४ जना, मनहरी गाउँपालिकाका ३ जना, मकवानपुरगढी, बागमती, भीमफेदी र बकैया गाउँपालिकाका १÷१ जना रहेका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेको ५२ जना संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाम हालसम्म कोरोना संक्रमितको कूल संख्या १४ हजार ८ सय ३० जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना प्ष्टि भएसँगै संक्रमितको कूल संख्या १४ हजार ८ सय ३० जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरी, जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १ सय ६१ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको जनाइएको छ ।
