हेटौँडा/ जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बकैया गाउँपालिका वडा नंम्बर ६ बस्ने सागर थिङ्ग रहेका छन । उनलाई हेटौँडा उपमहानगरपालिका वडा नंम्बर १० बाट पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार वन मुद्दामा फरार प्रतिवादीले तिन लाख सन्ताउन्न हजार चार सय साठी रुपैया जरिवाना भुक्तान गर्न बाँकी रहेको जनाएको छ ।
सेयर गर्नुहोस्






















