आजको मौसम कस्तो?

हेटौडा टुडे
१७ भाद्र २०७८, बिहीबार ११:२२

हेटौँडा/ हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ जसका कारण देशभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी प्रदेश, लुम्विनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

दिउँसोः देशभर सामान्य बदली रही प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*