
हेटौँडा/ मोबाइल हातमा खाता साथमा भन्ने मुल नारा सहित बेदान्त टेक्नोलोजीज प्रालिले व्यवसायिको हितका लागि मोबाईल खाता बजारमा ल्याएको छ । बिहिबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै सो एप्लिकेसन सार्वजनिक गरिएको हो ।
नेपालको सन्र्दभमा यो पहिलो डिजिटल एप्स हो । हाल सम्म नेपालमा यो एप्स नभएकोले खरिद, बिक्री, खर्च, उधारो आदी सम्पूर्ण लेखा हिसाब डिजिटल रुपमा आफ्नो मोबाइलमा नै राख्न सकिने प्रालिका बोर्ड निर्देशक भरत सापकोटाले जानकारी दिए।
कार्यक्रम सम्बोधन गर्दे सापकोटाले मोबाइल खातालाई गुगल प्ले स्टोर र एप्प स्टोरमा गएर डाउनलोड गरेर प्रयोग गर्न सकिने बताए । उनले हाललाई सेवाग्राहीले एक महिना सम्म निशुल्क अफर रहेको र पछि पाँच हजारमा एप खरिद गर्नुपर्ने बताए । हाल यो तीन हजार आठ सय भन्दा बढीले प्रयोग गरिरहेको छ भने ६ सय भन्दा बढी सेवाग्राही खरिद गर्ने प्रक्रियामा रहेको सापकोटाले बताए ।
मोबाईल खाता के हो ?
पसलहरुमा प्रयोग हुने परम्परागत डे बुक तथा लेजरको सटटामा मोबाईलमा नै आफना सम्पूर्ण व्यवसायिक गतिविधिहरुलाई डिजिटल रुपमा राख्न सकिने, खरिद विक्री, खर्च, उधारो आदि सम्पूर्ण हिसाब राख्न सकिने तथा व्यवसायिक र व्यक्तिगत लेखा मोबाईलमा नै राख्न सकिने एक सरल एप्लिकेसन सफटवेयर नै मोबाईल खाता हो । मोबाईल खाता एप्लिकेसनको रुपमा गुगलको प्ले स्टोर तथा एप्पलको एप्प स्टोर बाट डाउनलोड गर्न सकिन्छ । सजिलो अर्थमा भन्ने हो भने, “व्यावसायिक र ब्यक्तिगत लेखा मोबाईलमा नै राख्न सकिने एक सरल एप्लिकेसन हो ।“ थप जानकारीका लागि मोबाईल खाता डाउनलोड गर्नुहोस ।
प्रालिले एक वर्षको लागि ५ हजार भ्याट सहित उक्त एप्स प्रदान गर्ने बताएको छ । सुरुवातको चरणमा एक महिनाको ट्रायल फ्रीमा दिएको छ । भने सुरुवातको चरणमा नै ५ हजार भन्दाले डाउनलोड नै गरिसकेको प्रालिले जानकारी दिएको छ । प्रालिका अध्यक्ष आनन्द कुमार शाहको सभध्यक्षतामा पत्रकार सम्मेलन भएको हो । इ–सेवा, खल्ति भन्दा भिन्न रहेको यो डिजिटल प्रविधि आगामी दिनमा मोवाईल ढुवानी र मोवाइल पसल एप निर्माण गरी सेवा प्रदान गर्ने छ ।
मोबाईल खाता डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस ।
