
हेटौँडा/ जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहनुका साथै मनसुनी न्यून चापीय रेखा पनि तराई भूभाग भन्दा केही तल रहेको जनाएको छ।
महाशाखाका अनुसार शुक्रबार बिहान देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश नं १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको जनाएको छ ।
दिउँसोः देशभर सामान्य बदली रही प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।
रातिः देशभर सामान्य बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

सेयर गर्नुहोस्