मानव सेवा आश्रामद्धारा एक जना उद्धार

हेटौंडा टुडे
१८ भाद्र २०७८, शुक्रबार १३:०३

हेटौँडा/ मानव सेवा आश्रामको सक्रियतामा एक जनालाई बिहिबार उद्धार गरिएको छ । ठेगाना ईन्डिया मात्र बताउने अरु केही थाहा नभएको मानवसेवाको मनहरी चर्पीमा रहेको अवस्थामा फेला पारी मानवसेवा आश्रमले उद्धार गरेको अभियानता होमनाथ पौडेलले बताएका छन् । उनलाई वडा प्रहरी कार्यालय मनहरीको प्रमुख प्रहरीको सहयोगमा उद्धार गरेको अभियान्ता पौडेलले बताए । मकवानपुरको मनहरी गाउँपालिकाबाट एक जना नाम न खुलेको मनोरोगी मानव फेला पारी मानव सेवा आश्रमले उद्धार गरेको हो । यस्तै मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका सहयोगापेक्षी व्यक्तिहरुको उद्धार एवं त्यसपश्चातको व्यवस्थापन गर्दै आइरहेको अभियान्ता पौडेलले बताएका छन् ।हाल मानवसेवा आश्रमले प्रत्यक्ष रुपमा सातै प्रदेशको १६ जिल्लाबाट सेवा प्रदान गर्दै आइरहेको छ। उद्धारका कार्य भने ७७ वटै जिल्लाबाट गर्दै आइरहेको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा ६ जना सडक मानवहरुको उद्धार गरि सेवा सुरुवात गरिएको र हालको अवस्थामा आश्रममा करिब १ हजार ६ सय २ जना आश्रित नै रहेको अवस्थालाई स्मरण गर्दै सेवालाई अनुभूति गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् । हाल मानवसेवा आश्रमको १६ जिल्लाको छानामुनी १हजार ५ सय ७२ जना व्यक्तिहरु आश्रित रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*