डेंगुबारे यी कुरा जानी राखौँ

हेटौंडा टुडे
१८ भाद्र २०७८, शुक्रबार १४:०९

लामखुट्टेको टोकाइबाट सर्ने विभिन्न रोगमध्ये एक हो, डेंगु। डेंगु मनसुन र पोष्ट मनसुनपछि देखा पर्छ।

ज्वरो आउने, आँखाको गेडी दुख्नु,रातो हुनु, जोर्नी दुख्नु, शरीरमा स-साना बिबिरा देखिनु, वाकवाकी लाग्नु डेंगुका लक्षण हुन। यो सरुवा रोग हो।

डेंगु एडिस एजिप्टाइ जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्छ। सामान्य उपचारले निको हुने भएपनि हेल चेक्रयाइँ गर्दा ज्यानै जाने गरेको छ। यो मौसममा आउने ज्वरोलाई सामान्य रुपमा लिनु हुँदैन।  डेंगु हुँदा विभिन्न लक्षणहरु देखापर्छन्। जसलाई पहिलो चरण र खतराको संकेतका रुपमा विभाजन गर्न सकिन्छ।

पहिलो चरणमा देखापर्ने लक्षणहरु
– उच्च ज्वरो आउनु
– आँखाको गेडी दुख्नु तथा हल्का रातो हुनु
– जोर्नी र मासंपेशीमा अत्यधिक पीडा हुनु
– शरीर चिलाउनु ( हल्का बिबिरा समेत आउन सक्छ )

खतराको संकेत (वार्निङ साइन) 
– निरन्तर वान्ता हुनु
– वाकवाकी लाग्नु
– पेट दुख्नु
– दिसा कालो हुनु तथा पिसाब रातो हुनु
– गिजा तथा नाक, मुखबाट रगत आउनु
– आलस्य हुनु

डेंगु सार्ने लामखुट्टे विशेषगरी बिहान र साँझको समयमा बढी सक्रिय हुन्छन्। यो रोगबाट बच्न घर वरपर सफा राख्न तथा पानी जम्न दिनु हुँदैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*