मकवानपुरमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि, ३८ जना कोरोना मुक्त

हेटौंडा टुडे
१८ भाद्र २०७८, शुक्रबार १६:११

हेटौँडा/ शुक्रबार मकवानपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार पछिल्लो २४ घण्टामा १ सय ४ जनाको पिसिआर बिधिबाट र २२ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गरिएकोमा पिसिआरबाट २८ र एन्टिजेनबाट गरी जम्मा २ जनामा गरी ३० जनामा संक्रमण पुष्टि भएको जनाईएको छ । त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ३८ जना कोरोना मुक्त भएका छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*