
हेटौँडा/ शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१७ रामपुरडाडाँ स्थित कर्रा खोलाले शिवम सिमेन्ट उद्योगबाट हेटौंडा तर्फ आउदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकमा रहेका दुईजना बगाएको थियो।
भेलले सोही ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री सार्की र अर्का एक जना ठेगाना नखुलेका अन्दाजी ४०।४२ बर्षीय गणेश थापा मगरलाई बगाएको थियो। पानीको बहाव घटेसँगै ट्रक करिब १०० मिटर पर फेला परेको मकवानपुर प्रहरीले जनाएको छ। हराएको दुईजनाको खोजी कार्य भइरहेको र यो समाचार तयार पार्दासम्म फेला नपरेको जनाइएको छ।

सेयर गर्नुहोस्