हेटौंडा । कर्रा खोलामा सुक्रबार ट्रकसहित बगाएका दुईजना मध्ये एक जनाको शव भेटिएको छ। शब घटनास्थलबाट करिब २ सय मिटर मुनि भेटिएको हो । बेपत्ता भएका २ जना मध्ये गणेश थापा मगर मृत अवस्थामा फेला परेका हुुन । काठमाडौँका ५४ बर्षीय थापा आज शनिबार खोलामा तैरिएको अवस्थामा फेला परेका हुन् ।
अर्का एकजनाको खोजि भइरहेको मकवानपुर प्रहरीले जनाएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ रामपुरडाँडास्थित कर्रा खोलाले शिवम सिमेन्ट उद्योगबाट चौघडातर्फ आउदै गरेको ना ४ ख १४४० नम्बरको ट्रकसहित दुईजनालाई हिजो शुक्रबार बगाएको थियो । खोलाले ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री सार्की र उनका साथी ४० बर्षीय गणेश थापा मगरलाई बगाएको थियो ।
सेयर गर्नुहोस्






















