
हेटौँडा / मकवानपुरको भीमफेदी बजार नजिक रहेको हात्तिसार संग्राहालय मर्मत गरिने भएको छ । बागमती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डिभीजन वन कार्यालय हेटौंडा मार्फत व्यवस्थित बनाउन लागिएको हो । चालु आर्थिक वर्षमा यो संग्राहालयको निर्माण गर्न लागेको हो । निकै पुरानो र जिर्ण भएकाले संग्राहालय मर्मत गरेर हेर्नका लागि खुल्ला गर्न लागिएको हो । हात्तिसार संग्राहालयलाई थप व्यवस्थित बनाइने भएको छ ।
संग्राहालय भवनको मर्मतका लागि मात्र चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट छुट्याएर काम गर्न लागिएको डिभिजन वन कार्यालय हेटौंडाका सूचना अधिकारी अच्युत उपाध्यायले वताउनुभयो । हात्तिसार संग्राहालय निर्माण भइसकेपछी यसै वर्ष नै मुख्यप्रवेशद्वार र टिकटघर समेत निर्माण गरिने भएको छ । यसका लागि २० लाख रुपैयाँ छुट्याएको उहाँले वताउनुभयो । प्रवेशद्वार र टिकटघर निर्माण गर्नका लागि वितेको आर्थिक वर्षमा पनि बजेट छुट्याइएको थियो । तर, काम हुन नसकेपछी चालु आर्थिक वर्षमा पनि बजेट छुट्याएर काम गर्न लागिएको उपाध्यायले वताउनुभयो । संग्राहालयमा पर्यटक भित्रयाउनका लागि यसको भवन मर्मत संभार गर्न लागिएको छ ।
