धमिले कृषिद्वारा मक्रान्चुलीमा तरकारी तथा फलफूल संकलन र बजारीकरणको शुभारम्भ

हेटौंडा टुडे
२१ भाद्र २०७८, सोमबार १३:३६

हेटौँडा/ आईतबारबाट मकवानपुरगढी गाउँपालिकाको कृषि विकास कार्यक्रम अन्तरगत तरकारी तथा फलफूल बजारीकरणमा प्रोत्साहन अनुदान कार्यक्रम शुरु भएको छ । गत आईतबार मात्रै किसानहरुले उत्पादन गरेका विभिन्न फलफुल तथा तरकारीहरु संकलन भएको थियो । धमिले कृषि सहकारी संस्था लि ले मकवानपुरगढी ३ मक्रान्चुलीबाट तरकारी तथा फलफूल संकलन र बजारीकरणको शुभारम्भ गरेको संस्थाका अध्यक्ष नवराज सञ्जेलले जानकारी दिनुभयो ।

गाउँपालिका भरिमा यस वर्ष अनाज, तरकारी तथा फलफुल बजारीकरणका लागि ७ वटा सहकारी संस्था सूचीकृत भएकोमा कुर्ले कृषि सहकारी संस्थाले भदौ ५ गते देखि नै संकलन र बजारीकरणको कार्य शुरु गरिसकेको छ ।

हिजो आईतबारबाट मक्रान्चुलीमा सहकारी मार्फत अनाज खरिद बिक्रीको कार्य गत आर्थिक बर्ष ०७७ र ७८ बाटै शुरुवात गरिएकोमा चालु आर्थिक बर्ष ०७८ र ७९ मा तरकारी तथा फलफूलमा समेत बजारीकरणमा प्रोत्साहन अनुदानको कार्यक्रम शुरुवात गरिएको छ , भने बजारीकरणमा अनाज खरिद बिक्रीमा प्रति केजी ४ रुपैया र तरकारी तथा फलफूल बजारीकरणमा प्रति केजी २ रुपैया का दरले गाउँपालिकाबाट प्रोत्साहन अनुदानको व्यवस्था गरिएकाले यहाँका स्थानियलाई सहजै गाउँमा नै उत्पादन भएको ताजा फलफुल तथा तरकारी उपभोग गर्न टाढा जानु नपर्ने मकवानपुरगढी गाउँपालिका अध्यक्ष सञ्जेलले बताए ।

सहकारी संस्थाका अध्यक्ष नवराज सञ्जेलको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष निर्मला लम्साल, गाउँपालीकाका विभिन्न विषयगत शाखाका शाखा प्रमुखहरु, पदाधिकारीहरु, गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, शेयर सदस्यहरु, स्थानिय कृषक र व्यपारीको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*