मकवानपुरमा थप २९ जनामा कोरोना पुष्टि, ६ जना कोरोनामुक्त

हेटौंडा टुडे
२०७८ भाद्र २१, सोमबार १६:३७ गते

हेटौँडा/ मकवानपुरमा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११६ जनामा पिसिआर र ४१ जनामा गरिएको एन्टीजेन परीक्षणमा क्रमश २७ जना र २ जना गरी थप २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएका छन् । पुष्टि हुनेहरुमा सबैभन्दा बढी २६ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि थाहा नगरपालिका,मनहरी र भीमफेदी गाउँपालिका भित्रका एकएक जना रहेका छन् । यसैगरि सोमबार आज थप ६ जनाले कोरोना जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*