नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो, ३०० बढी कर्मचारीका लागि दरखास्त आह्वान

हेटौंडा टुडे
२२ भाद्र २०७८, मंगलवार १४:१२

हेटौँडा/ नेपाल विद्युत प्राधिकरणमा जागिर खुल्यो । विद्युत प्राधिकरणले विभिन्न पदमा ३०० बढी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। इच्छुक योग्य उम्मेदवारले असोज ७ गतेसम्म नेपाल विद्युत प्राधिकरणको वेबसाइटमा गएर आवेदन दिनुपर्नेछ। प्राधिकरणले विभिन्न कार्यालयका विभिन्न श्रेणीमा ३३९ जना कर्मचारी खुला प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। प्राधिकरणले अधिकृत र सहायकस्तरमा सहनिर्देशकदेखि जुनियर मिस्त्रीसम्मका लागि खुला तथा समावेशी कोटामा दरखास्त खुलाएको छ।

दोब्बर शुल्क तिरेर असोज १४ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ। प्राधिकरणको https://neaopen.rigoerp.com/ मा गएर अनलाइन आवेदन दिन सकिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*