हेटौँडा/ साताको तेस्रो दिन मगंलबार शेयर बजार ओरालो लागेको छ । १७ दिनसम्म लगातार ओरालो लागेर सोमबार एकैदिन १६१ अंकको फराकिलो अन्तरले नेप्से परिसूचक बढेको थियो । तर मंगलबार ४४.१८ अंकले नेप्से खस्किएको छ । १.४८ प्रतिशतले झरेर नेप्से २९३६.६० बिन्दुमा पुगेको हो । कारोबारमा आएकामध्ये दुई समूहबाहेक सबै समूह कमजोर छन् । माइक्रोफाइनान्स, निर्जीवन बीमा र होटल एन्ड टूरिजम् समूहमा दुई प्रतिशतभन्दा ठूलो गिरावट आएको छ । ओरालो लागिरहेको समयमा सानिमा लाइफ इन्स्योरेन्समा भने ठूलो वृद्धि भएर सर्किट ब्रेकर नै लागेको छ । परिसूचक घटेसँगै नेप्से कारोबारमा समेत मन्दी देखा पर्न थालेको छ । सात अर्ब ४९ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । युनाइटेड मोदी हाइड्रोपावरको सेयर कारोबार उच्च छ ।
सेयर गर्नुहोस्
















