नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ६७७ जनामा कोरोना पुष्टि

हेटौँडा/ नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ३१ हजार पुगेको छ। पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न भागमा गरि २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका हुन्। पछिल्लो २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाका कारण १० हजार ८ सय ८९ जनाको मृत्यु भएको हो।