
हेटौँडा/मकवानपुर जिल्लाको सिडिओको जिम्मेवारी निर्वाह गरिसकेका गोबिन्द प्रसाद रिजाल प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को रुपमा काठमाण्डौं सरुवा भएको छ । काठमाण्डौंका प्रजिअ रहेका काली प्रसाद पराजुलीलाई गृह मन्त्रालयमा सरुवा गर्दै मन्त्रालयले रिजाललाई काठमाण्डौंको प्रजिअ बनाएर पठाएको हो।
मकवानपुरबाट सरुवा हुदै गृह मन्त्रालयको महाशाखा प्रमुखका रुपमा पुगेका रिजाल काठमाण्डौंका सिडिओ बनेका हुन।रिजालले मकवानपुर सहित दाङ,कैलाली लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेका काम गरिसकेका छन।


सेयर गर्नुहोस्