बागमती प्रदेशका नवनियुक्त ६ मन्त्री र ४ राज्यमन्त्रीले पद र गोपनियताको सपथ ग्रहण

टुडे संवादाता
२०७८ भाद्र २३, बुधबार १६:०६ गते

हेटौँडा/बागमती प्रदेशका नवनियुक्त ६ मन्त्री र ४ राज्यमन्त्रीले पद र गोपनियताको सपथ ग्रहण गरेका छन् । आज बुधबार एक कार्यक्रमका बीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई र मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राज्यमन्त्रीहरुलाई सपथ गराएकी हुन् ।

नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री अजय क्रान्ति शाक्य, आर्थिक मामिला तथा योजनामन्त्री रचना खड्का, सामाजिक विकास मन्त्री विजय सुवेदी, स्वास्थ्य मन्त्री प्रदीपकुमार कटुवाल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री शान्तिप्रसाद पौडेल, भूमि व्यवस्था तथा सहकारी मन्त्री चन्द्र लामाले सपथ लिएका हुन् ।

त्यस्तै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री जुनेलीमाया श्रेष्ठ, भौतिक पूर्वाधार विकास राज्यमन्त्री जीवन खड्का, उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सरस्वती वाटी र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले पनि सपथ लिएका छन् ।

यसअघि नै मन्त्री नियुक्त भएका केशवराज पाण्डेले भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

यसैबिच सपथ ग्रहण समारोहमा सञ्चारकर्मीहरुलाई प्रवेश नदिएपछि सञ्चारकर्मीहरुले आफ्नो उपकरण प्रदेश प्रमुखको कार्यालय अगाडी राखेर धर्ना  दिएका थिए । करिब आधा घण्टा गेटमा भर्ना दिएपछि अन्तिम समयमा सञ्चारकर्मीहरुलाई सपथ ग्रहण समाहरोहमा प्रवेश दिईएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*