
हेटौँडा/ हेटौंडा सहित मनहरी र राक्सिराङको विभिन्न स्थानमा शुक्रबार र शनिबार दुई दिन लाइन जाने भएको छ।
नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज र भोलि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म विद्युत कटौती हुने जनाएको छ। नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गत युनिलिभर फिडरको हेटौंडा(१९ बस्तीपुरदेखी मनहरी गाउँपालिकाको लोथर सम्म र राक्सिराङको विद्युत आपुर्ति भएका विभिन्न वडामा आज र भोलि दुईदिन दिनभर लाइन जाने केन्द्रले सुचना प्रकाशित गर्दै जानकारी गराएको छ।फिडर अन्तर्गतका केही स्थानका ११ हजार भोल्टेजको तार फेर्नुपर्ने भएकोले विद्युत कतौटी हुने जनाइएको छ।


सेयर गर्नुहोस्