
हेटौँडा/ नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउ बढेको छ । प्रतितोला ९० हजार ६०० रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य आज ९० हजार ७०० रुपैयाँ पुगेको छ । तेजाबी सुनको मूल्य पनि प्रतितोला मा १०० रुपैयाँ बढेर आज ९० हजार २९० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला १२१५ रूपैयाँमै कारोबार भइरहेको छ ।


सेयर गर्नुहोस्