सुनाचुरी वनको निर्वाचन आइतबार हुने

हेटौंडा टुडे
२५ भाद्र २०७८, शुक्रबार १२:०४

हेटौँडा/ मनहरी गाउँपालिका वडा नम्बर ६ मा सुनाचुरी सामुदायिक वनको नयाँ कार्यसमिति चयनका लागि भाद्र २७ गते शनिबार निर्वाचन हुने भएको छ । निर्वाचन गर्नका लागि नारायण श्रेष्ठको संयोजकत्वमा समिती गठन भएको छ। निर्वाचन समितिले चुनावमा सहभागी हुने उम्मेदवारहरुको उम्मेदवारी दर्ता गरि चुनाव चिन्ह समेत प्रदान गरिसकेको संयोजक श्रेष्ठले जानकारी दिए । उम्मेदवारले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिता जारी गरिसकेको र आचारसंहिता विपरित कुनै पनि गतिविधि गर्न नपाइने श्रेष्ठले बताए ।

अध्यक्षको उम्मेदवार बनेकी फुलमाया जिम्बाले घडी चुनाव चिन्ह पाएकी छिन् । उनको प्यानलबाट उपाध्यक्षमा हस्त बहादुर थिङ, कोषाध्यक्षमा कृष्ण बहादुर घिसिङ, सचिवमा रमेश कार्की र सह सचिवमा दिपक थिङ रहेका छन् । सदस्यहरुमा पार्वती मुक्तान, जितमान स्याङतान, बिन्दु थिङ, भरत जिम्बा, यशोदा शाही श्रेष्ठ र मनोज मनोज विश्वकर्मा उम्मेदवारी रहेको छ ।

महिलाले पहिलोपल्ट नेतृत्वको लागि उम्मेदवारी दिएको कारण फुलमाया जिम्बालाई जिताउन राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष निर्मला हिम्डुङ्ग समेत लागि परेकी छिन् । उपाध्यक्ष हिम्डुङ्ग मनहरी ६ नम्बर वडा निबासी हुन भने वनको उपभोक्ता समेत हुन् । उनले महिला नेतृत्व गरेको प्यानललाई जिताउन सबैलाई आग्रह गरेकी छिन् ।

भाद्र २७ गते राष्टि«य मावि सुनाचुरी परिसरमा हुने निर्वाचनमा १४ सय १२ मतदाताले मतदान गर्नेछन् । १९८ हेक्टर क्षेत्रफलमा फैलिएको सुनाचुरी सामुदायिक वनमा हाल ७ सय ६ घर उपभोक्ता रहेका छन । एक घरबाट २ जनाले मतदान गर्न पाउने व्यवस्था रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*