हेटौँडा/ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ । प्राधिकरणका निवर्तमान प्रमुख हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा चढेको थियो । तर रिट निवेदककै कानून व्यवसायीको निवेदनमा सुनवाइ स्थगित भएको छ ।
सेयर गर्नुहोस्






















