
हेटौँडा/ मकवानपुरमा शुक्रबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २३ जनाको पिसिआर बिधिबाट र २४ जनाको एन्टिजेन विधिबाट कोरोना जाँच गरिएकोमा पिसिआरबाट सुन्य जनामा र एन्टिजेनबाट ३ गरी जम्मा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना मुक्त भएका छन।

सेयर गर्नुहोस्