उपत्यकाको संक्रमणदरको समीक्षा गर्न सीसीएमसीको बैठक बस्दै

टुडे संवादाता
२७ भाद्र २०७८, आईतवार ११:१९

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो साताको कोरोना संक्रमणदरको समीक्षा गर्न सीसीएमसीको बैठक बस्ने भएको छ । निषेधाज्ञा हटाइएपछिको संक्रमणदरको समीक्षा गर्न आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०को बैठक बस्न लागेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार सीसीएमसीको समीक्षापछि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्नेछ ।

‘‘पछिल्लो साताको संक्रमणदर हेर्दा ३०० को हाराहारीमा देखिएको छ । अब आज सरोकारवाला निकायसँग यसबारे समीक्षा हुनेछ । त्यसपछि सीडीओ बैठक बसेर औपचारिक आदेश सार्वजनिक गनेछौँ,” प्रजिअ रिजालले भने ।

गएको सातादेखि काठमाडौं उपत्यकाको निषेधाज्ञा हटेर सामान्य अवस्थामा सबै किसिमका व्यवसायहरू सञ्चालन भइरहेका छन् । विद्यालयहरू स्थानीय तहको अनुमतिमा सञ्चालन भइरहेका छन् ।

आउँदो असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्ने सम्बन्धमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका पदाधिकारी र अभिभावकबीच सहमति भइसकेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*