प्रि ओपन सेसनमा साढे ११ अंकले बढ्यो नेप्से

हेटौंडा टुडे
२०७८ भाद्र २७, आईतवार ११:५२ गते

हेटौँडा/ साताको पहिलो दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ११ अंक बढेको छ। गत बिहीबार ०.६२ अंक घटेर २८७५.९७ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा ११.५१ अंक बढेर २८८७.५० विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.८५ अंक बढेको छ।

प्रि ओपन सेसनमा ४० कम्पनीको शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३६ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी २ कम्पनीको शेयर सो सेसनमा स्थिर रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*