मकवानपुरमा थप १ जनामा कोरोना पुष्टि

हेटौंडा टुडे
२७ भाद्र २०७८, आईतवार १५:०९

हेटौँडा/ मकवानपुरमा पछिल्लो २४ घण्टामा १ जनामा मात्र कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २२ जनामा गरिएको एन्टिजेन परिक्षणमा १ जनामा मात्र कोरोना संक्रमण देखिएको र ७ जनामा गरिएको पिसीआर परिक्षणमा संक्रमण नदेखिएको स्वास्थ्य कार्यालय मकवानपुरले जानएको छ । कोरोना संक्रमण हुने १ जना थाहा नगरपालिकाका रहेका छन् ।आइतबार होम आइसोलेसनमा बस्ने ३ जना र संस्थागत आइसोलेसनमा बस्ने ३ जना गरी ६ जना कोरोना संक्रमित कोरोनालाई जितेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*