
हेटौँडा / आज साताको पहिलो दिन नेप्से परिसूचक उच्च अंकले बढेको छ । आज नेप्से परिसूचक ७१ दशमलव ४३ अंकले वृद्धि भई २ हजार ९ सय ४७ दशमलव ४२ विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४४ करोड ३५ हजार २४३ रुपैयाँको कारोबार भएको जनाइएको छ । नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज म्युचुअल फण्ड समुह बाहेका सबै समूहमा हरियाली छाएको छ ।
आइतबार हाइड्रोपावर कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् । सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको ७३ करोड ७७ लाख ८ हजार ६८५ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, आज १० वटा कम्पनीको शेयरमा सर्किट लागेका छ ।


सेयर गर्नुहोस्