चौधरी ग्रुपको आफ्नो इलेक्ट्रोनिक्स शोरुम हेटौँडाको कपुर कम्प्लेक्समा

हेटौडा टुडे
२७ भाद्र २०७८, आईतवार १९:१८

हेटौँडा  । नेपालको उत्कृष्ट ब्राण्ड सी.जी. ब्राण्ड ले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै बिभिन्न किसिमका घरायसी सामाग्रीहरु हेटांैडा बजारमा ल्याएको छ । सीजी इलेक्ट्रोनिक्सले हेटौँडा ४ मेनरोडमा रहेको कपुर कम्प्लेक्सको ग्राउन्ड फ्लेरमा सी.जी.को प्रिमियम ब्राण्ड सप सञ्चालनमा ल्याएको हो । हेटौँडामा सीजी इलेक्ट्रोनिक्सले सञ्चालन गरेको यो पहिलो सोरुम तथा ब्राण्ड सप हो । यसमा विभिन्न ब्राण्डका घरयासी ईलोक्ट्रोनिक्स सामग्रीहरु उपलब्ध छ ।

सी.जी.ले आफ्ना ग्राहकहरुको जीवन सरल र सहज बनाउनेको निम्ति घरायसी इलेक्ट्रोनिक्स सामानहरु बिभिन्न ब्रान्डका जस्तैः एल.जी, सी.जी, गोदे्रर्ज, टी.सी.एल सहित १० वटा ब्राण्डका घरायसी सामाग्रीहरुः फ्रीज, वासीङ् मेसिन, टि.भी, रेफ्रीजीरेटर, जस्ता सामानहरुमा छुट सहित हेटांैडा बजारमा उपलब्ध गराएको छ । यसैगरी आफ्ना ग्राहकहरुको मागलाइ मध्यनजर गर्दे अनलाईन अर्डरको गर्न सकिने ब्यबस्था पनि गरेको छ ।

काठमाडौँ उपत्यकामा मात्रै सी.जी डिजिटल ब्राण्डका १५ वटा सोरुम सञ्चालन रहेपनि ,सी.जी डिजिटल ब्राण्डले नेपालका ३६ मुख्य शहरहरुमा सर्भिस सेन्टरहरु सञ्चालनमा ल्याएको छ भने हेटौँडामा सीजी इलेक्ट्रोनिक्सको १९ औं शोरुम रहेको सि जिका अपरेसन म्यानेजर पुष्पराज बरालले हेटौंडा टुडेलाई बताए । आजबाट सञ्चालनमा आए सँगै असोज ५ गतेसम्मका लागि विभिन्न सामाग्रिमा छुटको ब्यबस्था रहेको कम्पनिले जनाएको छ । साथै २ वटा मोबाईल खरिद गर्नेलाई १६ प्रतिशत छुट दिने दिने भएकोे छ । यसैगरी अनलाईन मार्फत प्रि होम डेलिभरीको व्यवस्था गरिएको छ ।  सी.जी.ले प्रस्तुत गरेका घरायसी इलेक्ट्रोनिक्स सामाग्रीहरु गुणस्तरीय, भरपर्दो र समय अनुकुल रहेका छन् कम्पनिले जनाएको छ ।

साथै आउदै गरेको बिजया दशमि तथा शुभ दिपावलिलालाई मध्यनजर गर्दै सी.जी ब्राण्डले हेटौंडाबासिलाई अब आफ्नो सोरुममा घरयासी ईलोक्ट्रोनिक्स सामग्रीहरु खरिद गरि आफुहरुलाई सेवा गर्ने मौका दिनुहुन पनि अनुरोध गरकोे छ ।

यो भिडियो पनि हेर्नुहोस

https://www.facebook.com/hetauda2day/videos/943101872942426

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*