चौघडा चोकमा रानी वनद्वारा निर्मित सालकको मुर्ति उदघाटन

हेटौडा टुडे
२८ भाद्र २०७८, सोमबार ११:४०

हेटौँडा / हेटौडा–६ चौघडाको मुख्यचोकमा रहेको रानी सामुदायिक वन उपभोक्त समूहले बनाएको विश्वमा लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको साललको मूर्तिको सोमवार विहान हेटौडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाँईले उदघाट्न गरेका छन । कार्यक्रममा वडा अध्यक्ष चौलागाँईले रानी सामुदायिक वनले लोपोन्मुख सालकको मूर्ति निर्माण गरेर वन समूहले उदाहरणीय काम गरेको बताए । कार्यक्रममा मूर्तिकार हर्क ब्लोन र सहयोगी प्रमोद गौतमलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । कार्यक्रममा वन समूहकी कोषाध्यक्ष एवम सालकको मूर्ति निर्माण उपसमितिकी संयोजक गोमा लामिछानेले सालकको मूर्ति बनाउन १ लाख ११ हजार खर्च लागेको बताइन।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ, हेटौडाका अध्यक्ष शम्भु प्रसाद न्यौपाने,समूहका उपाध्यक्ष केशव धिताल, सल्लाहकार बलराम अधिकारी,कृष्ण विडारी, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुन प्रसाद दाहाल, न्यूरेनी चिसापानी सामुदायिक वन का उपाध्यक्ष रामचन्द्र अधिकारी,वन समूहका पदाधिकारी, उपभोक्ता र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

समूहको चालु आर्थिक वर्ष २०७८।०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सालकको मूर्ति निर्माण गरिएको हो । २०६२ सालक देखि सालकको संरक्षण गर्दै आएको वन समुहले सालकको संरक्षणको लागि ब्लक नं. ५ मा डिभिजन वन कार्यालय, मकवानपुरको सहयोगमा सालक केज समेत निर्माण गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*