
हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ डिपोचौरमा स्लाब ढलानको शिलान्यास गरिएको छ । कुल ६ लाख ६५ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको पक्की सडकको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गर्नुभयो । कार्यक्रममा बोल्दै मेयर महतले हेटौंडामा पछी थपीएका वडा र टोल टोलमा विकासका कामले गति लिएको वताउनुभयो ।
कच्चि सडकलाई पक्की निर्माण गर्नका लागि उपमहानगरपालिकाले जोड दिएको उहाँले वताउनुभयो । साविकको यहाँका वडाहरुमा सडक फराकिलो वनाउने, सडक पेटीमा फूलका विरुवा रोप्ने काम अगाडी वढाइए पनि पछी थपीएका वडामा सडक पक्कीगर्ने कामलाई तिब्रता दिएको मेयर महतले वताउनुभयो । कार्यक्रममा हेटौंडा–१७ का वडा अध्यक्ष भैरब राइ, नेकपा एमालेका नेता कमल विष्ठ लगायतकाको सहभागिता रहेको थियो ।

सेयर गर्नुहोस्