हेटौंडा/ हेटौंडा-६ चुच्चेखोलाका समाजसेवी चेतनारायण श्रेष्ठ र छोरा उत्तम कुमार श्रेष्ठले मन्दिरलाई सहयोग गरेका छन् । उनीहरुले आफ्ना छोरा र भाइ दिपक श्रेष्ठको स्मृतिमा हेटौंडा-६ मा रहेको रक्षादेवी मन्दिरलाई एक लाख रुपैंया सहयोग गरेका हुन् ।
श्रेष्ठ परिवारले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार बानियाँलाई एक लाख रुपैंयाको चेक हस्तान्तरण गरेका छन् । ‘दिवंगत भाईको स्मृतिमा मन्दिरमा सहयोग गरेका छौं ।’-दाजु उत्तरकुमार श्रेष्ठले भने-‘यसले धार्मिक क्षेत्रको संरक्षणमा टेवा पुग्ने विश्वास छ ।’ मन्दिरमा एक लाख हजार रुपैयाँ बराबरको लागतमा सिंढिमा रेलिङ बनाउने कामका लागि श्रेष्ठको सहयोगले मद्धत गर्ने मन्दिरका सचिव राजकुमार फुँयालले बताए ।
यसैगरी, समाजसेवी हेटौंडा–६ चौघडास्थित राजु पोलि क्लिनिकका संचालक राजु गुरुङले आमा ओम कुमारी र बुवा गणेशबहादुर गुरुङ र सोनी गुरुङका बुवा पदमध्वज गुरुङको स्मृतिमा मन्दिरलाई ११ हजार रुपैंया बराबरको एक हजार लिटरको पानी ट्यांकी सहयोग गरेका थिए । पछिल्लो समय मन्दिर व्यवस्थापन समितिले राज्यका साथै सामाजिक व्यक्तित्वहरुबाट संकलित रकमबाट मन्दिर क्षेत्रको पूर्वाधार विकासको काम गरिरहेको छ ।

















