हेटौँडा/ मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर-९ नामटारमा स्कुल जान भनेर हिडेका बेपत्ता भएका ३ जना बालबालिकाहरु काठमाण्डौमा भेटिएका छन् । फेला पर्ने बालबालिकाहरुमा कैलाश-९ का स्थानीय १३ वर्षीय बोध बहादुर सुनार,सोही ठाउँका ११ वर्षीया बाटुलि सुनार र १० वर्षीया सुष्मा योन्जन रहेकी छन् । हराएका तीनैजना बालबालिका गोकर्णेश्वर नगरपालिका-६ जोरपाटी छाहरी क्लब काठमाण्डौमा महानगरीय प्रहरी बृत्त बौद्धको टोलिले आईतबार साँझ फेला पारेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी निरीक्षक निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले जानकारी दिए ।भदौ २७ गते हिजो आईतबार बिहान ९ बजे कैलाश-९ स्थित कालिका मावि हिडेका नामटारका ३ जना बालबालिकाहरु बेपत्ता भएका थिए ।
सेयर गर्नुहोस्






















