
हेटौँडा/ साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। मगंलबार सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ पनि स्थिर रहँदै १ हजार २०० रुपैयाँ कायम भएको जनाएको छ । सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

सेयर गर्नुहोस्