यस्तो छ आजको मौसम

हेटौंडा टुडे
२९ भाद्र २०७८, मंगलवार ११:५१

हेटौँडा/ देशभरको मौसम मंगलबार सामान्यतया बदली भई धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसोः देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै, रातिः देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

यसैबिच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*