चीनबाट ४४ लाख मात्रा कोरोनाविरुद्धको खोप ल्याईदै

हेटौंडा टुडे
२९ भाद्र २०७८, मंगलवार १२:१६

हेटौँडा/ चैत मसान्तसम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने योजना अनुसार सकारले यही हप्ताभित्र चीनबाट ४४ लाख मात्रा खोप ल्याउने सम्झौता गरेको छ ।सरकारले असोज मसान्तसम्ममा कुल जनसङ्ख्याको एक तिहाइ, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तसम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने योजना बनाएको छ । सोही अनुरुप सरकारले चीनबाट ४४ लाख मात्रा खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज बेइजिङ जादैछ र आउँदो शुक्रबारसम्म सम्झौता अनुसारको सबै खोप नेपाल ल्याइसक्ने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा सागर दाहालले जानकारी दिए । महाशाखाले वैदेशिक रोजगारीमा जानेहरूलाई एकै मात्रा लगाए पुग्ने जानसिन खोप भने सकिएको बताएको छ । खोपको बारेमा जानकारी लिएर मात्रै वैदेशिक रोजगारीको प्रक्रिया सुरु गर्न पनि प्रमुख दाहालले गरेका छन् । १८ वर्षमुनिका बालबालिकालाई दिन ४० लाख मात्रा मोडर्ना खोप ल्याउने टुङ्गो लागिसकेको पनि स्वास्थ्य मन्त्रालयको भनाइ छ । ६० लाख माा फाइजरको खोप ल्याउने प्रक्रिया पनि मन्त्रालयले अघि बढाइसकेको जनाएको छ । नेपालमा कोरोनाविरुद्धको पूरा मात्रा खोप लगाउनेको सङ्ख्या १७।४१ प्रतिशत पुगेको छ भने पहिलो मात्रा खोप लगाउनेको सङ्ख्या १९।४५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*