हेटौँडा/ मकवानपुरमा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १०२ जनाको कोरोना जाँच गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ७५ जनाको पिसिआर बिधि र २७ जनाको एन्टिजेनबाट कोरोना जाँच गरेकोमा १५ जनामा मात्र संक्रमण पुष्टि भएको हो। मकवानपुरमा हाल सम्मको कोरोना संक्रमितको संख्या १५०३२ रहेको छ।त्यसैगरी मकवानपुरमा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना मुक्त भएका छन।
सेयर गर्नुहोस्

















