१८ अकंले घट्यो नेप्से

हेटौडा टुडे
२९ भाद्र २०७८, मंगलवार १६:०८

हेटौँडा/ साताको तेस्रो दिन मगंलबार नेप्से परिसूचक ०१८.५४ अकंले घटेको छ ।

मगंलबार कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.६३ प्रतिशतले घटेर २९२९.२८ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ३.२१ अंकले घटेर ५४५.६६ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ वटा उपसमूहमध्ये सबै उपसमूहको सूचक घटेका छन् ।

त्यस्तै, २ सय २२ कम्पनीका १ करोड ६ लाख ३९ हजार ८ सय २६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४ सय ४३ रुपैयाँको खरिद बिक्री भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*