बक्तृत्वकला कार्यक्रम सम्पन्न

हेटौडा टुडे
२९ भाद्र २०७८, मंगलवार १६:४९

हेटौँडा/ भुटनदेवी माध्यमिक विद्यालय हेटौंडामा आज बक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । भुटनदेवी विद्यालयको प्राङ्गणमा गरिएको कार्यक्रम विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक सुमन श्रेष्ठको सभाध्यक्षतामा भएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधव प्रसाद दाहालको प्रमुख आतिथ्यता रहेको थियो भने राष्ट्रिय सहकारी बैंक लि। हेटौंडा शाखाका प्रमुख रामेश्वर अर्यालको विशेष आतिथ्यता रहेको थियो । ‘बालबालिकाको शिक्षामा कोभिड १९ को असर’ शिर्षकमा कक्षा ९ र १० का विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा रुपा समाल प्रथम , धर्मराज यादव द्वितीय र ओम मिश्र तृतीय भएका थिए । राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखा र विद्यालयको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*